एमसीसीको काम सुरू, घरजग्गा खाली गर्न ३५ दिने म्याद
- चैत्र ८, २०७८
- 0
अमेरिकी सहयोग परियोजना एमसीसीको काम सुरू भएको छ। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले परियोजनाअन्तर्गत सबस्टेशन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न सूचना जारी गरेको छ।
अधिग्रहण गरिएका जग्गामा ४०० केभी रातमाटे सबस्टेसन निर्माणको काम अघि बढाउनुपर्ने भएकाले जग्गा खाली गर्न आग्रह गरिएको छ।
अधिग्रहण गरिएका घरजग्गाको मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू समेत निर्धारण भई वितरण तथा जग्गाको लगत कट्टा एवं नामसारी समेत भइसकेको एमसिएले जनाएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








