त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप नलगाएका र लक्षण देखिएका यात्रुको मात्र कोरोना परीक्षण हुने

news-details

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कस्ता यात्रुको कोरोना परीक्षण गर्ने भन्ने विषयमा सूचना जारी गरेको छ।

आइतबार मन्त्रालयले सूचना जारी गर्दै नेपालका सीमा नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कमा ३ अवस्थामा कोभिड परीक्षण गराउनुपर्ने जानकारी गराएको हो।

सूचनामा कोभिड–१९ विरुद्ध पूर्ण खोप नलगाएका र ७२ घण्टाभित्रको नेगेटिभ पीसीआर रिपोर्ट नभएकाको परीक्षण गर्नुपर्ने मन्त्रालको भनाइ छ।

त्यसैगरी खोप लगाएका र ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट नेगेटिभ भएको भए पनि कोरोनासँग मिल्दो लक्षण देखिएकाको पनि परीक्षण गर्नुपर्ने सूचनामा उल्लेख छ। पूर्ण खोप नलगाएका र लक्षण भएका ५ वर्ष माथिका बालबालिकाको पनि कोभिड–१९ परीक्षण अनिवार्य गर्नुपर्ने मन्त्रालयको भनाइ छ।

त्यसैगरी सीमा नाकामा खटिएका अधिकार प्राप्त चिकित्सक, स्वास्थ्यकर्मीले रोग निगरानीका क्रममा आवश्यक ठानेको अवस्थामा, कोभिड तथा अन्य संक्रामक रोगको स्क्रिनिङका लागि यात्रुको कोभिड परीक्षणलगायत अन्य संक्रामक रोगकोसमेत परीक्षण गर्न सक्ने मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जारीको गरेको सूचनामा उल्लेख गरिएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया