स्थानीय तह निर्वाचन : वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता, यस्तो छ निर्वाचन कार्यतालिका

news-details

स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ।

निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि दुई दिन उम्मेदवारी दर्ता गर्न समय छुट्याएको हो।

१२ गते नै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरिने आयोगले जनाएको छ।

१३ गते उम्मेदवारको विरोधमा उजुरी दिन समय छुट्याइएको छ।

आयोगले १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र उजुरीमाथि जाँचबुझ गरेर निर्णय गर्ने जनाएको छ।

उम्मेदवारले आफ्नो नाम फिर्ता गर्न चाहेमा वैशाख १६ गते गर्न सक्नेछन्।

आयोगले उम्मेदवारको अन्तिम नामावली १६ गते प्रशासन गर्नेछ भने १७ गते चुनाव चिन्ह प्रदान गर्ने तालिका बनाएको छ।

३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेदि मौन अवधि लागू हुनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया