कक्षा १२ को परीक्षा जेठ दोस्रो साताबाट हुने

news-details

कक्षा १२ को परीक्षा आगामी जेठको दोस्रो सातादेखि सञ्चालन गरिने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको दोस्रो सातादेखि परीक्षा सञ्चालन गर्न लागेको हो ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जेठको दोस्रो सातादेखि परीक्षा सञ्चालन गर्न प्रस्ताव तयार गरेको र अब बस्ने बोर्डको बैठकले स्वीकृत गरेपछि जेठको कति गतेदेखि परीक्षा गर्ने भन्ने निर्णय हुने बताए ।

उनका अनुसार भोलि बोर्डको बैठक बस्दैछ । बोर्डको बैठकपछि परीक्षा तालिका सार्वजनिक गर्ने उनले बताए ।

यसपटकको प्रश्नपत्र भने अनलाइन माध्यमबाट पठाइने र परीक्षा केन्द्रले प्रिन्ट गरेर विद्यार्थीलाई दिनुपर्नेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया