प्रधानमन्त्री देउवाले दिए अधिकारकर्मी भूमिकालाई बधाई
- चैत्र १, २०७८
- 0
प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक अभियन्ता भूमिका श्रेष्ठले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकोमा हार्दिक बधाई ज्ञापन गरेका छन ।
समलिङ्गी, उभयलिङ्गी, मध्यलिङ्गी, विपरीत लिङ्गीलगायत समुदायको हकअधिकारका निम्ति अथक प्रयास गरेवापत अमेरिकी विदेश मन्त्रालयले अधिकारकर्मी श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरेको हो ।
सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेखेका छन , “एलजिबिटिक्युआई प्लस समुदायको अधिकारका लागि तपाईँले गर्नुभएको अथक वकालतका निम्ति अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड जित्नुभएकोमा हार्दिक बधाई ।”
नेपालीले यो प्रतिष्ठित पुरस्कार जितेको यो लगातार दोस्रो वर्ष हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







