रञ्जना सिस्टर्स र वन्डर उमनको संयुक्त आयोजनामा चार्टर ह्यान्डओभर तथा चार्टर नाइट सेलिब्रेसन कार्यक्रम सम्पन्न

news-details

लायन्स क्लब अफ काठमाडौं रञ्जना सिस्टरर्स  र लायन्स क्लब अफ काठमाडौं वन्डर उमनको संयुक्त आयोजनामा चार्टर ह्यान्डओभर तथा चार्टर फ्रस्टनाइट सेलिब्रेसन कार्यक्रम गत शनिवार सम्पन्न भएको छ ।

रञ्जना सिस्टर्सको स्पोन्सरमा लायन्स क्लब अफ वन्डर उमनकी अध्यक्ष लायन मेघा तिमिल्सिना सहितको कार्यसमितिलाई चार्टर हस्तान्तरण गरिएको हो । कार्यक्रममा रञ्जना सिस्टर्सका रेगुलर मेम्बरहरुलाई सर्टिफिकेट बितरण गरिएको थियो ।

लायन्स क्लब अफ काठमाडौं रञ्जना सिस्टरकी अध्यक्ष लायन बिना श्रेष्ठको सभापतित्व एवं एलसिआइएफ एरिया लिडर तथा इन्टरनेशनल डाइरेक्टर इन्डोर्सी लायन बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि मल्टिपल काउन्सिलका चेयर पर्सन मानबहादुर रोक्का हुनुहुन्थ्यो भने चार्टर हस्तान्तरण ३२५ बि वान को सेकेण्ड भिडिजि तथा ३२५ एल को ड्रिटिक गर्भनर इलेक्ट लायन मणिश्रीरत्न शाक्यले गर्नुभएको थियो ।

कार्यक्रमको उदघाटन गर्नुहुदै प्रमुख अतिथि लायन्स बालकृष्ण बुर्लाकोटीले कार्यक्रम सफलताको शुभकामना दिनुहुदै संस्थाले मानवीय क्षेत्रमा गरेको योगदानको प्रसंसा गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुदै रञ्जना सिस्टर्सकी अध्यक्ष बिना श्रेष्ठले जहाँ आवश्यक त्यहाँ लायन भन्ने मूल नारालाई आत्मसाथ गर्दै ताप्लेजुङ जिल्लामा रहेको प्रसिद्ध धार्मीक स्थल ठूलो पाथिभरा मन्दिर जाने बाटो अर्थात् ठूलो फेदी देखि माथि दर्शनार्थीहरुको सुविधाको लागि विश्रामस्थल निर्माण गरि क्लबको तर्फबाट सामाजिक क्षेत्रमा कृति रहने कार्य गरेको जानकारी दिदै अन्त्यमा लायन्स क्लब अफ काठमाडौं वन्डर उमन जस्तो एक्टिभ क्लब खोली समाजमा सहयोगको हातहरु बढाउन पाएकोमा गर्व गर्दै लायन्स क्लब अफ काठमाडौं वन्डर उमनका अध्यक्ष मेघा तिमिल्सिना सहितको टिमलाई आभार व्यक्त गर्दै बधाई तथा शुभकामना दिनुभयो ।

रञ्जना सिस्टर्स अध्यक्ष श्रेष्ठले उक्त विश्रामस्थल बनाउँदा लागेको जम्मा खर्च विवरणबारे जानकारी दिनुहुदै
ताप्लेजुङ पसलबाट सामान खरिद ५९,७०० रुपैया
ताप्लेजुङ र काफ्लेपार्टी बाट फलैचासम्म सबै सामान ढुवानी २३,००० रुपैया
जमिन फाउन्डेसन र लेबल १,७६,००० रुपैया
काठ रोयल्टी, बनलाई निवेदन, काठ काटेको ९४,००० रुपैया
सबै समान तयार पारेर ,जोड्ने, काठलाई चिल्याउने, रङ लाउने आदि सबै फिनिसिङ ६५,३४५ रुपैया गरि जम्मा ४ लाख १८ हजार ४५ रुपैया लागतमा उक्त विश्रामस्थल बनेको समेत प्रष्ट पार्नुभयो ।

 

विगत केहि समयदेखि लायन्स क्लबसँग सहकार्य गरेर यस संस्थाले थुप्रै सामाजिक तथा मानवीय कार्य गर्दै आइरहेको छ । भविष्यमा पनि यस्ता कार्यहरु निरन्तर गर्ने रञ्जना सिस्टर्सकी अध्यक्ष बिना श्रेष्ठले बताउनुभयो ।

लायन्स क्लब अफ काठमाडौं वन्डर उमनको आयोजनामा  वन्डर उमन फ्रस्ट नाइट सेलिब्रेसन तथा अवार्ड कार्यक्रम पनि वन्डर उमनकी अध्यक्ष मेघा तिमिल्सिनाको संयोजकत्वमा सम्पन्न भएको थियो ।

लायन्स क्लब सँग सहकार्य गरेको पहिलो वर्षको को खुशियालीमा उक्त कार्यक्रम आयोजना गरेको वन्डर उमनकी अध्यक्ष लायन मेघा तिमिल्सिनाले जानकारी दिनुभयो । ३९ जना महिला सदस्यहरु रहेको यस संस्थाले विगत देखि नै धेरै सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनमा दुर्गम ठाउँका पाठेघर क्यान्सर पिडित महिलाहरुको निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने प्र्रमुख लक्ष्य रहेको अध्यक्ष मेघा तिमिल्सिनाको भनाई छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया