देशभर थप ७३ मा कोरोना संक्रमण पुष्टि, एकैदिन १९२ निको भए

news-details

पछिल्लो २४ घण्टामा देशभर थप ७३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

२ हजार २३८ पीसीआर परीक्षणमा ३० जना र २८२४ एन्टिजेन परीक्षणमा ४३ जनामा गरी ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १९२ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएन । अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११९५० पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया