नेपाल एयरलाइन्सलाई साउदी उडानको बाटो खुल्यो

news-details

नेपाल एयरलाइन्सलाई साउदी अरबमा उडानको बाटो खुलेको छ ।

साउदी अरबको नागरिक उड्डयन सङ्गठन (जीएसीए)ले आइतबार नेपाल वायुसेवा निगमलाई उडानको औपचारिक स्वीकृति दिएको हो ।

अनुमतिअनुसार अबदेखि निगमका जहाजले साउदी अरबको रियाद, दमाम र जेददामा उडान भर्न पाउनेछन् ।

यससँगै निगमले आगामी अप्रिलदेखि नै काठमाडौँ–रियाद सातामा तीनवटा व्यावसायिक उडान गर्ने योजना बनाएको छ ।

व्यावसायिक उडानको अनुमति प्राप्त गर्ने कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थिति थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया