स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा पुन: खड्का

news-details

नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा पुन: कैलाश खड्का चुनिएका छन ।

शनिबार काठमाडौंमा भएको महासंघको १६ औं साधारणसभाले खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्म्तले चयन गरेको हो । खडका लगातार तेस्रो कार्यकाल अध्यक्ष बनेका हुन ।

त्यस्तै, साधारण सभाले वरिष्ठ उपाध्यक्षमा महेश राज श्रेष्ठ, प्रथम उपाध्यक्षमा गायत्री जिसी, द्वितीय उपाध्यक्षमा धनबहादुर गिरि डिबी, महासचिवमा दाताराम काफ्ले, सचिवमा लिलाम्बर झा, कोषाध्यक्षमा रामपुकार तिवारी, केन्द्रीय सदस्यमा चन्द्रमा राई (चन्दा), प्रवेश रोका क्षेत्री, दीपक कार्की, पप्पु महासेठ, बेल बहादुर श्रेष्ठ (विजय), केशर थापा, रोजिना शाक्यलाई चयन गरेको छ ।

कार्यसमितिमा अरु थप पाँच जना सदस्य चयन हुनेछन् । महासंघको विधानअनुसार यी पाँच जनालाई अध्यक्षले मनोनयन गर्ने प्रबन्ध छ ।

तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएपछि खड्काले सर्वसम्मत नेतृत्व चयनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

‘स्वास्थ्य क्षेत्र विशेष गरि वैदेशिक रोजगारीको क्षेत्रको स्वास्थ्य सेवालाई थप पारदर्शी, चुस्त, व्यवस्थित र मर्यादित बनाउन काम गर्नेछु,’ नवनिर्वाचित अध्यक्ष खड्काले भने, ‘अहिले पनि स्वास्थ्यकै कारण विदेशमा काम गर्न गएका कामदार फर्किनु पर्ने र त्यहाँ समस्या झेल्नु पर्ने अवस्था कहिलेकाहीँ सुनिँदै आएको छ । यस्तो समस्याको अन्त्य गर्न म पहल गर्नेछु ।’

खड्काले अब नेपालमा स्वास्थ्य परीक्षण गराएर वैदेशिक रोजगारीमा गएकाहरूमा स्वास्थ्यकै समस्याका कारण फर्किनु पर्ने वातावरणको अन्त्य गर्न आफूले पहल गर्ने र यो क्षेत्रलाई थप मर्यादित बनाएर अगाडि बढ्ने बताएका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया