माओवादी केन्द्रीय समितिको बैठक स्थगित, सोमबार बस्ने
- फाल्गुन २२, २०७८
- 0
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सोमबारसम्मको लागि स्थगित भएको छ ।
फागुन २० गते शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रीय समितिको बैठक हिजो शनिबार थप गृहकार्य गरेर आज बस्न लागेको थियो ।
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सोमबारसम्मको लागि स्थगित भएको केन्द्रीय सदस्य दीलिप महर्जनले जानकारी दिए । तर समय अभाव तथा थप गृहकार्य गर्नुपर्ने भन्दै भोलिसम्मको लागि स्थगित भएको उनले बताए ।
यसअघिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक विषयमा रिपोर्टिङ प्रस्तुत गरेका थिए । संसदबाट अनुमोदन भइसकेको मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजनाबारे छलफल गरिएको थियो ।
बैठकमा नेता नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेललगायतका नेताहरुले एमसीसीमा फरक मत राखेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







