प्रभा एलुम्नाइमा सर्वसम्मत नयाँ कार्यसमिति चयन, अध्यक्षमा गौतम
- फाल्गुन २२, २०७८
- 0
काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउपालिका–६ मा अवस्थित प्रभा माध्यमिक विद्यालयका भुतपूर्व विद्यार्थीहरुको संगठन प्रभा एल्मुनाइले गोकुल गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिवार राजधानीमा आयोजित साधारणसभाले गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा वीणा श्रेष्ठ, सुक प्रसाद चौलागाई, नारायण गौतम (केशरी), किशोर राज गिरी र रुद्र प्रसाद गौतम, महासचिवमा निर्मल प्रसाद हुमागाई, सचिवमा राजेश गौतम, कोषाध्यक्षमा विष्णुराज गिरी र सहकोषाध्यक्षमा परिक्षा चौलागाई चयन भएका छन।
यस्तै सदस्यहरुमा छविलाल तिवारी, सुनिल कुमार गौतम, होम प्रसाद गौतम (मुकुन्द), उमेश चौलागाईं, दीपेन्द्र चौलागाई, राजेन्द्र गौतम, शुभद्रा पौडेल, पदम गौतम, अर्जुन हुमागाई, यादव राज गिरी, ढक प्रसाद चौलागाई, अर्जुन राज गिरी, रवीन्द्र हुमागाई, सुजन चौलागाईं र राजकुमार गौतम चयन भए ।
‘सबैको लागि एक र एकका लागि सबै’ भन्ने मूल लक्ष्य लिएर स्थापित संस्थालाई अबकोे कार्यकालमा विद्यालयमा अध्ययन गरी देश तथा विदेशमा रहेकालाई संस्थामा आवद्ध गराउँदै विद्यालयको शैक्षिक उन्नतिका साथै गाउँ र ठाउँको सेवा–समृद्धिको पक्षमा निरन्तर लाग्ने नवनिर्वाचित अध्यक्ष गौतमले बताए ।
विद्यालयको शैक्षिक स्थोन्नरतिका लागि सहयोग, शैक्षिक सामाग्री वितरण, छात्रबृत्तिलगायत विभिन्न सामाजिक कार्यमा संलग्न एलुम्नाइले विपतिको समयमा छिमेकी जिल्लासम्म पुगेर राहत वितरणसमेत गरेको थियो । ‘आगामी दिनमा उक्त भेगको शैक्षिक क्षेत्रसँगै सामाजिक कार्यमा पनि संस्थालाई थप जिम्मेवार ढंगमा संलग्न गराउनेछौ’ गौतमले भने ।
प्रभा बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख चुडा प्रसाद चौलागाईंको प्रमुख आतिथ्यता तथा एलुम्नाइका अध्यक्ष विकु लामाको सभापतित्वमा संम्पन्न साधारणसभामा एल्मुनाइका सल्लाहकार तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका पूर्वमहानिर्देशक डा. नारायण प्रसाद चौलागाईं, सल्लाहकार तथा पूर्वसचिव यज्ञ गौतम, नेत्र प्रसाद गौतम, सिर्जनशिल मा.वि.का पूर्वप्रधानाध्यापक घटुज राज गिरी, जागृति माविका पूर्वप्राध्यानाध्यापक गुण प्रसाद गौतम र एलम्मुनाइका संस्थापक अध्यक्ष झम्कप्रसाद चौलागाईको आतिथ्यता रहेको थियो । कार्यक्रम संस्थाका महासचिव जितराम लामाले संचालन गरेका थिए ।
वि.सं. २०१० सालमा स्थापित यो विद्यालय जिल्लाकै अग्रणी शैक्षिक धरोहरका साथै मुलुककै पुरानो र उत्कृष्ट मध्येको एक विद्यालय हो । वि.सं. २०२८ मा पहिलो पटक एसएलसी परीक्षामा सहभागीता जनाएको प्रभा मा.वि.बाट हालसम्म ४९ व्याजले एसएलसीमा सहभागिता जनाइसकेका छन ।












