तनहुँको दमौली बजारमा भीषण आगलागी
- फाल्गुन २२, २०७८
- 0
तनहुँको दमौली बजारमा भीषण आगलागी भएको छ ।
दमौलीको मुख्य बजार क्षेत्रको भूपाल हार्डवेयरबाट बिहान १० बजेबाट आगलागी सुरु भएको र अहिले (११:४०बजे)सम्म आगो नियन्त्रणमा आउन सकेको छैन ।
आगो बजार क्षेत्रमा लागेको र करिब १२ वटा घरमा फैलिएको अनुमान छ । सो क्षेत्रमा चार वटा दमकल आगो नियन्त्रणका लागि परिचालन गरिएको छ ।
यसैबीच आगो नियन्त्रणका लागी काठमाडौंबाट हेलिकप्टर पठाईएको गृह मन्त्रालयले जनाएको छ ।
जमिनबाट आगो नियन्त्रणमा लिन असम्भव भएपछि हेलिकप्टरबाट पानी हालेर आगो निभाउन सिम्रिक एयरको हेलिकप्टर दमौलीमा पठाइएको जनाइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







