देशभर थप १२६ मा कोरोना संक्रमण पुष्टि, एकैदिन ३२१ जना निको हुदा १ को मृत्यु
- फाल्गुन २०, २०७८
- 0
पछिल्लो २४ घण्टामा देशभर थप १२६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ र १८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३८५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११९४५ पुगेको छ ।
सम्बन्धित शीर्षकहरु
0 प्रतिक्रिया
ताजा अपडेट
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।









