राष्ट्रियसभाका २० सदस्यको पदावधि आजबाट समाप्त
- फाल्गुन २०, २०७८
- 0
राष्ट्रिय सभाका २० जना सांसदको कार्यकाल आजबाट सकिँदैछ । चारवर्षे कार्यकाल पूरा भएका उनीहरुको आजबाट विदाइ हुन लागेको हो ।
कार्यकाल सकिने सांसदहरुमा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४ जना रहेका छन् । त्यस्तैगरी माओवादीका ४ जना र नेपाली काँग्रेसका३ सांसद रहेका छन् ।
अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनाकला ओझा, पर्शुराम मेघी गुरुङ, राम लखन चमार, सुमनराज प्याकुरेल, उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिशी, शेरबहादुर कुँवर, खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा, शशीकला दाहाल, दृगनारायण पाण्डेय, तारादेवी भट्ट र राधेश्याम अधिकारीको आजबाट राष्ट्रियसभा सदस्यको पद सकिएको हो । त्यस्तै मनोनीततर्फ रामनारायण बिँडारीको पनि पदावधि सकिएको छ ।
उनीहरुको पद समाप्त भएसँगै नवनिर्वाचित १९ सांसदको शपथ ग्रहण भोलि शनिबार तय भएको छ । राष्ट्रियसभा सदस्यका लागि माघ १२ निर्वाचन भएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







