माओवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु
- फाल्गुन २०, २०७८
- 0
नेकपा माओवादी केन्द्रले आजदेखि केन्द्रीय कमिटी बैठक गर्ने भएको छ। राष्ट्रिय सभागृहमा केन्द्रीय कमिटी बैठक हुनेछ।
अध्यक्ष र केन्द्रीय कमिटी सदस्य मात्रै तय गरेर गत पुसमा सकिएको आठौं महाधिवेशनले पदाधिकारी चयन गर्ने अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो।
यो केन्द्रीय कमिटीमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल र समीक्षाका साथै पार्टी पदाधिकारी चयनबारे छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिए।
नेता वर्षमान पुन उपचारका लागि चीनमा रहेकोले केन्द्रीय कमिटी बैठक सर्दै आएको थियो। वर्षमान नेपाल फर्किसकेका छन्।
यसबीचमा प्रतिनिधि सभाबाट गत आइतबार एमसिसी पनि पारित भइसकेको छ। माओवादीभित्र एमसीसी पारित गर्न नहुने मत पनि थियो।
नेता नारायणकाजी श्रेष्ठलगायतले केन्द्रीय कमिटी बैठकमा आफ्ना असन्तुष्टि राख्ने तयारी गरेका छन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







