निर्वाचन आयोगलाई ८ अर्ब ११ करोडको सुनिश्चितता, शुक्रबारदेखि मतदाता नामावलीको जाँचबुझ
- फाल्गुन १९, २०७८
- 0
स्थानीय तहको निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि आठ अर्ब ११ करोड रुपियाँ बजेटको सुनिश्चितता भएको निर्वाचन आयोगले बताएको छ।
नियमित पत्रकार सम्मेलनमार्फत बिहीबार आयोगका प्रवक्ता शालिग्राम शर्माले अर्थ मन्त्रालयबाट हाललाई सो रकमको सुनिश्चितता भएको बताएका हुन ।
यसैगरी, मतदाताको एकभन्दा बढी नाम भएको, मृत्यु भएको वा नागरिकता त्याग गरेको लगायतका निर्वाचनसँग सम्बन्धित मतदाता नामावलीको जाँचबुझ फागुन २० देखि २६ गतेसम्म गरिने उनले बताए।
स्थानीय तहमा भाग लिने राजनीतिक दलको नाम पनि २६ गतेभित्र नै प्रकाशन हुने उनले जानकारी दिए । अहिले चुनावमा भाग लिन आयोगमा निवेदन दिएका ८० दलको जाँचबुझ भइरहेको छ।
स्थानीय तहमा खट्ने प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावलीसमेत सम्बन्धित निकायबाट प्राप्त भइसकेको र यो जाँच बुझको क्रममा रहेको आयोगले जनाएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







