एमसीसी पास भएकोमा खुशी छु, यसले राजनीतिक अन्यौलतालाई निकास दिएको छ : प्रचण्ड
- फाल्गुन १६, २०७८
- 0
प्रमुख सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी पास भएको खुशी भएको जनाएका छन् ।
सोमबार पत्रकार सम्मेलनमार्फत उनले एमसीसी प्रतिनिधिसभा संसदबाट अनुमोदन भएसँगै देश र संविधान दुर्घटनाबाट बचेको तथा राष्ट्रिय राजनीति र गठबन्धनमा देखिएको अन्यौलता पनि अन्त्य भएको बताए ।
संविधान र लोकतन्त्रमाथि नै घात हुने देखिएपछि राष्टिय सहमतिको प्रयास गरेको उनले बताए । एमसीसीकै कारणले गठबन्धन भत्किएर नयाँ समीकरण बन्ने खतरा बढेपछि आफूहरुले एमसीसीमा समाधानको विकल्प लिएको प्रष्टाए ।
उनले विगतमा नेकपाको सरकारमा पनि एमसीसीबारे निकास दिन खोजिएको विषय प्रष्ट पार्दै एमसीसीमा निकासका लागि ‘संकल्प प्रस्ताव’ आफैंले अगाडि बढाएको तर वर्तमान एमाले अध्यक्ष केपी शर्मा ओली सहमत नभएको उनले बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







