पर्वतारोहण संघद्धारा तीन हजारभन्दा बढी पर्वतारोहीलाई राहत वितरण

news-details

निपोन फाउण्डेशनको सहयोगमा नेपाल पर्वतारोहण संघले पर्वतारोहीहरूलाई राहत सामग्री उपलब्ध गराएको छ।

सोमवार संघको प्रांगणमा भएको कार्यक्रममा ३ हजार १२५ जना पर्वतारोहीलाई राहत सामग्री उपलब्ध गराएको हो।

कोरोना भाइरसका कारण समस्यामा परेका पर्वतारोहीहरूलाई राहत सामग्री वितरण गर्दै नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले आजदेखि कोरोनाका कारण समस्या परेका आरोहीहरूलाई राहत सामग्री उपलब्ध गराउन सुरु गरेको बताए। उनले मर्कामा परेका पर्वतारोहीहरूका लागि मित्रतास्वरुप उपहार भएको पनि बताए।

त्यस्तै‚ एकीकृत पर्यटन श्रमिक संगठन नेपालको केन्द्रीय महासचिव टीकाराम नेपालीले पर्वतारोहीहरूलाई गरिएको राहतले खुशी थपेको प्रतिक्रिया दिए। उनले पहिल्यैबाट हुनुपर्ने काम ढिलो गरेर सुरु गरेको भए पनि यसले समस्यामा परेका पर्वतारोहीहरुलाई केही राहत दिने बताए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया