संसद् भवन अगाडि भेटिएको शंकास्पद कुकर सेनाद्वारा निष्क्रिय
- फाल्गुन १६, २०७८
- 0
नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि भेटिएको नो एमसिसी लेखिएको शंकास्पद कुकरलाई नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।
संसद भवनको सिधा अगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएपछि बमको आशंकामा सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको थियो।
बमको आशंका गरिए पनि कुकरभित्र केही विस्फोटक पदार्थ नभएको पाइएको छ। कुकर खाली रहेको बताइएको छ। संसदबाट आइतबार एमसिसी पास गरिएको विरोधमा विप्लवको नेकपासहित विभिन्न राजनीतिक दलहरूले आज नेपाल बन्दको आयोजना गरेका छन्। बन्दलाई सफल बनाउन तथा सर्वसाधारणलाई त्रसित र आतंकित बनाउने नियतले यस्तो कार्य गरेको प्रहरीको अनुमान छ।
कुकर भेटिएसँगै त्यस क्षेत्रमा प्रहरीले उच्च सुरक्षा दिनुका साथै आवतजावत गर्न रोक लगाएको थियो।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







