लायन्स क्लब अफ काठमाडौ वन्डर उमेनद्धारा शौचालय हस्तान्तरण
- फाल्गुन १४, २०७८
- 0
विगत लामो समयदेखि सामाजिक कार्यमा निरन्तर काम गर्दै आइरहेको यस लायन्स क्लब अफ काठमाडौ वन्डर उमेनद्धारा काठमाडौंको मित्रपार्कमा रहेको पुरानो शौचालयलाई पुन:निर्माण गरि हस्तान्तरण गरेको छ ।
काठमाडौ महानगरपालिका वडा नं. ७ का अध्यक्ष शुद्धकुमार डंगोलको प्रमुख आथित्यतामा लायन्स क्लब अफ काठमाडौ वन्डर उमेनद्धारा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष डंगोलले संस्थाप्रति आभार प्रकट गर्दै यस्ता कार्यहरु निरन्तर गर्दै अघि बढ्न आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रमा लायन्स अन्तराष्ट्रिय ड्रिष्टिक ३२५ बि १ नेपालका ड्रिष्ट्रिक गर्भनर विश्वेश्वर आचार्यले यस्ता कार्यहरु निरन्तर गर्दै अगाडि बढ्न र देखावटी काम भन्दा पनि मनैदेखि सामाजिक कार्य गर्न सल्लाह दिनुभयो ।
सम्पुर्ण सदस्य साथीहरुको साथ र सहयोगको अपेक्षा गर्दै दुर्गम ठाउँका पाठेघर क्यान्सर पिडित महिला दिदिबहिनीहरुको निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेर उपचार गर्ने प्रमुख लक्ष्य रहेको लायन्स क्लब अफ काठमाडौ वन्डर उमेनकी अध्यक्ष मेघा तिमिल्सीनाले जानकारी दिनुभयो ।
बिगत २ वर्षदेखि लायन्स क्लब सँग सहकार्य गरेर वन्डर उमेनले धेरै सामाजिक कार्यहरु गर्दै आईरहेको छ । ३९ जना महिला सदस्य रहेको यस संस्थाले रक्तदान, बृक्षरोपण, खाद्यन्न, लत्ताकपडा वितरण जस्ता थुप्रै समाजिक कार्यहरु गर्दै आइरहेको छ ।










