विमानस्थल सुरक्षा कमजोरी : गृह मन्त्रालयले बनायो ९ सदस्यीय छानबिन समिति
- फाल्गुन १३, २०७८
- 0
गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्था, कमजोरी र सुधारको अध्ययनका लागि छानबिन समिति बनाएको छ।
फागुन ९ गते विमानस्थलबाट कतारको दोहा उड्न लागेको विमानमा बिना भिसा एक व्यक्ति पुगेको विषय ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले छानबिन समिति बनाएको हो।
कतार उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट, भिसा बिना नै व्यक्ति पुगेको घटनाको छानबिनका लागि मन्त्रालयले समिति बनाएको जनाएको छ।
सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएको भन्दै मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति बनाएको हो।
समितिलाई सात दिनभित्र प्रतिवेदन तयार गर्ने समय दिएको गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








