एमसीसीबारे माओवादीको अडान कायमै, गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी
- फाल्गुन १३, २०७८
- 0
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको केन्द्रीय कार्यालयको विस्तारित बैठक सम्पन्न भएको छ ।
दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा एमसीसीबारे पार्टीको पूर्ववत सैद्धान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको छ ।
पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले संसद सुचारु र एमसीसी अनुमोदनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट तीव्र बढाएका छन ।
यसैबीच शुक्रबारको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ । यो अवस्थामा सत्ता गठबन्धनलाई अझै बचाउने प्रयास गर्ने माओवादी केन्द्रले जनाएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







