प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै, एमसीसीमाथि छलफल हुने
- फाल्गुन १३, २०७८
- 0
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि डाकिएको छ । एमसीसी सम्झौतामाथि छलफल प्रक्रिया सुरू गर्ने गरी बिहीबार डाकिएको बैठक सरकारको आग्रहमा आज दिउँसोका लागि सारिएको हो ।
सत्तारुढ घटकहरुले एमसीसी पारित गर्न सहयोग नगर्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिम घडीमा बैठक स्थगित गर्न आग्रह गरेका थिए ।
आज पनि एमसीसीमाथि छलफल र मतदानको प्रक्रिया अघि बढ्ने अवस्थामा मात्रै संसद बैठक बस्ने बताइएको छ ।
अहिलेकै अवस्थामा बैठक राखेर एमसीसी अघि बढाउँदा असफल हुने पक्का छ । सरकारको प्रस्ताव असफल भएको खण्डमा प्रधानमन्त्री देउवामाथि पदत्यागका लागि दबाव पर्ने भएकाले सरकार त्यो खतरा मोल्न तयार छैन ।
सभामुख अग्नि सापकोटा समेत एमसीसीको विपक्षमा रहेकाले एमसीसी पारित हुने पक्का नभई प्रक्रिया अघि बढाउने पक्षमा प्रधानमन्त्री देउवा छैनन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







