कांग्रेस-एमालेका शीर्ष नेताबीच आज पनि बैठक बस्दै
- फाल्गुन १३, २०७८
- 0
नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच आज पनि छलफल हुने भएको छ ।
आफ्ना माग पूरा गर्न सत्तारुढ कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएपछि एमाले पनि एमसीसी पारित गराउन सकारात्मक देखिएको छ ।
आज पनि सहमतिको प्रयासस्वरुप छलफललाई निरन्तरता दिन लागिएको एमाले उपाध्यक्ष सुभासचन्द्र नेम्वाङले जानकारी दिएका छन् । हिजो साँझ अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि एमालेका नेताहरुले बालकोट पुगेर आन्तरिक छलफल समेत गरेका छन् ।
एमालेको सहयोगमा एमसीसी पारित गर्ने सर्तमा प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोड्न तयार भएपछि एमालेले संवादलाई तीब्रता दिएको हो ।
पाँच दलीय गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी पारित गर्न सहयोग नगर्ने भएपछि प्रधानमन्त्री देउवा केही दिनभित्रै एमालेको समर्थनमा एमसीसी पारित गर्ने तयारीमा छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







