वैदेशिक रोजगारीबाट फर्किएका सिग्देलको हत्यामा उनकै श्रीमती र प्रेमीको संलग्नता
- फाल्गुन १०, २०७८
- 0
झापा दमकका ४३ वर्षीय दिनेश सिग्देलको हत्या गरेको अभियोगमा उनकी कान्छी श्रीमती अनिता केसी पक्राउ परेकी छन् ।
उनलाई सहयोग गरेको अभियोगमा बिराटनगर–४ का २९ वर्षीय सरोज भण्डारी पनि समातिएका छन् ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार वैदेशिक रोजगारीबाट २० पुसमा फर्किएका सिग्देललाई दुई दिनपछि कान्छी श्रीमतीकै संलग्नतामा हत्या गरिएको खुलेको हो ।
‘श्रीमतीको योजनमा २२ पुसको साँझ साढे ५ बजे सिग्देलकै कोठामा घाँटी थिचेर हत्या गरिएको भेटिएको छ’ एसपी थापाले भने, ‘भण्डारीसँग मिलेर हत्या गरेपछि ग्लेन्डर मेसिन र खुकुरीको प्रयोग गरेर शवलाई टुक्राटुक्रा पारेर टेम्पोमा धरान लगिएको देखिएको छ ।’
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







