भक्तपुरबाट एक चिनियाँसहित ८० जना पक्राउ
- फाल्गुन १०, २०७८
- 0
भक्तपुरको सानो ठीमीबाट एक चिनियाँ नागरिकसहित ८० जना पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
परिसरका डिएसपी राजु पाण्डेले कल सेन्टरमार्फत पैसा असुल्न विभिन्न धम्की दिने गरेको अभियोगमा उनीहरुलाई प्रक्राउ गरिएको बताए ।
पक्राउ पर्नेमा प्रायजसो भारतका युवा युवती रहेको पनि उनले बताए । कुनै एक सिस्टममार्फत निश्चित छोटो अवधिका लागि सुरुमा आफैं ऋण दिने र पछि सामाजिक सञ्जालमा फोटो राखेर धम्क्याउने गरेको अनुसन्धानको क्रममा खुलेको छ ।
‘सुरुमा पाँचदेखि दश हजारसम्म ऋण दिने । एक हप्ताभित्रको म्याद दिएको छ भने छ दिनमा नै धम्क्याउने गरेको र अवैध कल सेन्टर सञ्चालन गरेको पाइएको छ ।’, यो पैसा कसरी इन्भेष्ट हुन्थ्यो भन्ने विषयमा पनि अनुसन्धान हुने उनले बताए ।
पक्राउ परेकाहरुलाई भक्तपुरकै विभिन्न प्रहरी कार्यालयहरुमा राखिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







