देशभर थप ४७६ मा कोरोना संक्रमण पुष्टि, एकैदिन ८३१ जना निको हुदा ३ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा देशभर थप ४७६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

६ हजार ६०४ जनाको पीसीआर परीक्षणमा २९९ जना र २८२० जनाको एन्टिजेन परीक्षण गर्दा १७७ जना गरी ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८३१ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११९२८ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया