मधेस प्रदेशसभाको बैठक आज बस्दै, सङ्कल्प प्रस्तावमाथि छलफल हुने

news-details

मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार आज मंगलबार दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने छ ।

गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश गरेका थिए ।

यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले स्थगन गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया