देशभर थप ३८८ मा कोरोना संक्रमण पुष्टि, एकैदिन १२०५ जना निको हुदा ४ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा देशभर थप ३८८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

५ हजार २२५ जनाको पीसीआर परीक्षणमा २४७ जना र २९१५ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जना गरी ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२०५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११९२५ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया