एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै
- फाल्गुन ९, २०७८
- 0
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठक बस्दैछ ।
अहिले दिउँसो १ बजे सचिवालयको बैठक बस्न लागेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
आइतबारको संसद बैठकमा अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना टेबल भएपश्चात् एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले असन्तुष्टि जनाएका थिए ।
हिजो पनि एकीकृत समाजवादीका भातृ संगठनलगायत एमसीसी विरोधी दलहरुको प्रदर्शनका कारण बानेश्वरस्थित संसद भवन परिसर तनावग्रस्त बनेको थियो ।
तर, प्रतिनिधिसभा संसदको बैठकपछि पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी संसदमा टेबल भए पनि पास गर्न समर्थन जनाउन नसकिने संक्षिप्त प्रतिक्रिया दिएका थिए ।
एमसीसीकै कारण सत्ता गठबन्धन र एकीकृत समाजवादीबीच मत विभाजित भइरहेको अवस्थामा सचिवालयको बैठक बस्न लागेको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







