देशभर थप २६२ मा कोरोना संक्रमण पुष्टि, एकैदिन १३३८ जना निको हुदा ४ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा देशभर थप २६२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

६ हजार ५७२ जनाको पीसीआर परीक्षणमा २२९ जना र ३२४३ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जना गरी २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३३८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११९२१ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया