आज पनि संसदमा एमसीसी टेवल नहुने, सत्ता गठबन्धनको बैठक ८ गते बस्ने गरी सकियो

news-details

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ।

अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्ने विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षमा पुग्न सकेन।

गठबन्धनको बैठकमा आजको संसद बैठकमा एमसीसी पेश नगर्ने सहमति भएको हो । संसद बैठक दिउँसो १ बजे बस्दै छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फागुन ८ गते बैठक बस्ने गरी आजको छलफल सकिएको बताए ।

बैठकमा नेपालसहित प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया