ढुंगेअड्डामा भेटिएको शंकास्पद वस्तु सेनाको टोलीद्वारा निस्क्रिय
- फाल्गुन ६, २०७८
- 0
चन्द्रागिरि नगरपालिका-१५ ढुंगेअड्डामा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ।
कालिका पेट्रोलपम्प नजिकै फेला परेको शंकास्पद वस्तु बम भएको आशंकामा प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो। सडक बीचमा तार जोडेर खतरा लेखिएका दुईवटा प्रेसर कुकर भेटिएपछि सवारी आवागमन रोकिएको थियो। डिस्पोजका क्रममा ठूलो आवाज आए पनि प्रहरीले भने बम नभएको बताएको छ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले शंकास्पद वस्तु बम नभएको बताए। उनले भित्र बिस्फोटक पदार्थ नभेटिएको बताए।
कलंकी–नागढुंगाको मुख्य सडकमा बिहीवार राति करिब २ बजे उक्त वस्तु फेला परेको प्रहरीले बताएको छ। उक्त शंकास्पद वस्तु भेटिएसँगै नागढुंगा नाका भएर काठमाडौं उपत्यका भित्रिने तथा काठमाडौंबाहिर जाने सवारीसाधन बाटोमै रोकिएका थिए। अहिले आवगमन सहज भएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







