बेलायतद्वारा नेपाललाई २१ लाख डोज कोरोनाविरुद्धको खोप हस्तान्तरण

news-details

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कोरोनाविरुद्धको खोप प्रदान गरेका छन् ।

मन्त्रालयमा आयोजित कार्यक्रममा राजदूत पोलिटले बेलायत सरकारका तर्फबाट २१ लाख डोज खोप मन्त्री खतिवडालाई हस्तान्तरण गरेका हुन् ।

भेटघाट कार्यक्रममा सचिव डा।रोशन पोखरेल, प्रवक्ता डा।संगिता मिश्रालगायत उच्च अधिकारीको उपस्थिति रहेको थियो ।

भेटमा मन्त्री खतिवडाले बेलायत र नेपालको दुई सय वर्षभन्दा पुरानो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै कोभिड महामारीको बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरे ।

-न्युज कारखाना

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया