देशभर थप ५७० मा कोरोना संक्रमण पुष्टि, एकैदिन १९९३ जना निको हुदा ६ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा देशभर थप ५७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

७ हजार २८ जनाको पीसीआर परीक्षण गर्दा ३६४ जना र २७६१ जनाको एन्टीजेन परीक्षण गर्दा २०६ जना गरी ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १९९३ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११९११ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया