जे एण्ड जे खोप लगाएकाले पनि बुस्टर लगाउन मिल्ने
- फाल्गुन ५, २०७८
- 0
सरकारले ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने जनाएको छ।
जिल्ला–जिल्लाबाट पहिलो मात्रा लगाए पुग्ने जे एण्ड जे खोप लगाएकाले के गर्ने भन्ने जिज्ञासा आएपछि स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै बुस्टर मात्रा लगाउन मिल्ने बताएको हो।
मन्त्रालयका अनुसार अन्य खोप लगाएका व्यक्तिले जस्तै १८ वर्ष पूरा भई जे एण्ड जे खोप लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्रा लगाउन मिल्ने जनाएको छ।
पाएसम्म जे एण्ड जे नै लगाउन मन्त्रालयले सुझाव छ। उक्त खोप नपाएमा जे कोभिशिल्ड, अस्ट्राजेनिका, मोडर्ना वा फाइजर खोप लगाउन सकिने मन्त्रालयले सूचित गरेको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








