एमसीसी टेबुल गर्ने विषयमा छलफल गर्न कार्यव्यवस्था समितिको बैठक बस्दै
- फाल्गुन ४, २०७८
- 0
सभामुख अग्निप्रसाद सापकोटाले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन ।
बुधबार बिहान साढे ११ बजे सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको सचिवालयले जनाएको छ ।
आजै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । त्यसअघि परामर्श समितिको बैठक बोलाइएको हो ।
आजको संसद् बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । यसै विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
तर, मंगलबार सार्वजनिक भएको कार्यसूचीमा एमसीसीको विषय समेटिएको छैन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







