सर्वोच्चका न्यायाधीशहरूको अनौपचारिक बैठक, काम कसरी अगाडि बढाउनेबारे सुझाव संकलन

news-details

सर्वोच्च अदालतमा आज बसेको अनौपचिरिक छलफल सकिएको छ ।

सर्वोच्चका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सोमबार दिउँसो बोलाएको अनौपचारिक छलफल सकिएको न्यायाधीश हरिकृष्ण कार्कीले जानकारी दिए ।

छलफलमा सर्वोच्चको अहिलेको परिस्थिति परिवर्तनबारे छलफल भएको न्यायाधीश कार्कीले बताए । अनौपचारिक छलफलमा परिवर्तित परिस्थितिमा सर्वोच्चको कामहरुलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको र यसबारे सुझाव संकलन मात्र भएको उनले जानकारी दिए ।

सोमबार दिउँसो सर्वोच्चका कामु प्रधानन्यायाधीशले कार्कीले अनौपचारिक छलफल गर्न बैठक बोलाएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया