देशभर थप ७४७ मा कोरोना संक्रमण पुष्टि, एकैदिन २३१९ जना निको हुदा ८ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २२६ सहित देशभर थप ७४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

६ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा ४८२ जना र २४१७ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ जना गरी ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौमा १८१, ललितपुरमा ३० र भक्तपुरमा १५ जना गरी कुल २२६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २३१९ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११९०० पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया