देशभर थप ५२१ मा कोरोना संक्रमण पुष्टि, एकैदिन ३९३५ जना निको हुदा १० को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १५० सहित देशभर थप ५२१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

६ हजार ३७ जनाको पीसीआर परीक्षण गर्दा ४२७ जना र ४०७८ जनाको एन्टीजेन परीक्षण गर्दा ९४ जना गरी ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौमा ९७, ललितपुरमा ४४ र भक्तपुरमा ९ जना गरी कुल १५० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३९३५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११८९२ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया