सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

news-details

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको उनका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आज बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए ।

प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ । सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार सो महाअभियोगको प्रस्तावक नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी)का जीवनराम श्रेष्ठ छन । यस्तै समर्थकमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजालसहित ९५ सांसद छन ।

यता सोमबार बोलाइएको प्रतिनिधिसभाको बैठक भने यही फागुन ४ गते बुधबारका लागि सारिएको छ ।

-रासस

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया