जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा
- फाल्गुन १, २०७८
- 0
मधेश प्रदेश सरकारले आज आइतबार सार्वजनिक बिदा दिएको छ ।
माओवादी जनयुद्ध सुरु भएको २७ औं वर्षगाँठको अवसरमा बिदा दिइएको प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
२०५२ साल फागुन १ गते माओवादीले विद्रोह सुरु गरेको दिनको सम्झनामा मनाउने जनयुद्ध दिवसको अवसर पारेर मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
तत्कालीन विद्रोही नेकपा माओवादीले नेपालमा सशस्त्र युद्ध थालेको दिनलाई माओवादीले ‘जनयुद्ध’ भन्ने गरेको छ । यही अवसरमा मधेश प्रदेशले सशस्त्र द्वन्द्वको समयमा सहिद भएका तथा सदस्य गुमाएका परिवारलाई तीन लाख रुपैयाँ अनुदान दिने निर्णय समेत गरेको छ ।
सो अनुदानवापतको पहिलो किस्ताको एक लाख रुपैयाँ आजै दिईने तयारी गरिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







