हङकङद्वारा नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध
- माघ २९, २०७८
- 0
हङकङले नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । रोयटर्सका अनुसार आगामी मार्च ४ सम्म प्रतिबन्ध लागू हुनेछ ।
नेपालसहित अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्सबाट हुने उडानमा रोक लगाइएको छ । कोभिड-१९ को बढ्दो संक्रमणलाई ख्याल गर्दै उक्त रोक लगाइएको हङकङ सरकारले जनाएको छ ।
हङकङले अन्तर्राष्ट्रिय उडानमा ९० प्रतिशतले कम गरेको छ र कुनैपनि ट्रान्जिटको अनुमति पनि दिएको छैन । कोरोनाभाइरस प्रकोपलाई नियन्त्रणमा लिन हङकङले विश्वबाट आफूलाई अलग तुल्याउने निर्णय गरेको हो ।
पछिल्लो समय चीनको वित्तिय सहर हङकङमा कोभिडका घरेलु मामिलामा तीव्र वृद्धि भैरहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







