देशभर थप ८३६ मा कोरोना संक्रमण पुष्टि, एकैदिन १८२६ जना निको हुदा ४ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २०७ सहित देशभर थप ८३६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

४ हजार २६० जनाको पीसीआर परीक्षण गर्दा ४९१ जना र २३९४ जनाको एन्टीजेन परीक्षण गर्दा ३४५ जना गरी ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौमा १६६, ललितपुरमा ३१ र भक्तपुरमा १० जना गरी कुल २०७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १८२६ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११८८२ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया