प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच एमसीसीबारे भएको छलफल विना निष्कर्ष टुंगियो

news-details

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शनिबार भएको बैठक सकिएको छ ।

नेकपा माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठक सकिएको जानकारी दिए । उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० परियोजनाबारे छलफल भएको तर कुनै निर्णय नभएको जानकारी दिनुभयो ।

छलफलमा प्रधानमन्त्री देउवा, माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र कानुन मन्त्री दिलेन्द्रप्रसाद बडूको उपस्थित रहेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

उनीहरुबीच एमसीसीका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक किरणले जानकारी दिनभुयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया