दाङमा जन्ती बोकेको जीप दुर्घटना, २२ जना घाइते
- माघ २९, २०७८
- 0
दाङको चिसापानीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइते सबैको लमहीमा उपचार भइरहेको छ ।
भारत उत्तर प्रदेशको शङ्करपुरबाट दाङको राजपुर खरदरियामा दुलही लिन आउँदै गरेको जीप गढवा गाउँपालिका वडा नम्बर–५ चिसापानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







