काँग्रेस केन्द्रीय सम्पादन समितिले आइतबार पुनः बैठक बसेर भातृ संगठनको विधान पारित गर्ने
- माघ २८, २०७८
- 0
सत्तारुढ दल नेपाली काँग्रेसको बिहीबारदेखि जारी केन्द्रीय कार्यसम्पादनको बैठकमा भातृ संगठनको विधानका विषयमा छलफल भएको छ ।
शुक्रबारको बैठकमा काँग्रेसको संघीय संरचना अनुरुपको भातृ संगठनको विधान काँग्रेस नेता एनपी साउदले प्रस्तुत गरेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले बताए ।
‘संघीय संरचना अनुरुपको विधान प्रस्तुत भएको छ । भोलि शनिबार सबैले सो विधान पढ्नुहुनेछ र पर्सीको बैठकले विधान पारित गर्नेछ’, महतले भने । यससँगै बैठकमा स्थानीय तहको निर्वाचन, अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौताका विषयमा छलफल भएको छ ।
‘एमसीसीबारे पहिले जस्तै सहमति छ । यो प्रक्रिया अगाडि बढाउने कुरा हामीले नै अघि बढाएको हो । एमसीसीबारे अन्यौल राख्न नहुने दृष्टिकोण हो ।’, महतले बताए ।
विगतमा एमसीसी सम्झौताको समयमा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई लगायत सबैको संलग्नतामा मन्त्रिपरिषद्को बैठकले यसबारे निर्णय गरेको उनले स्मरण गराए ।
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार दिउँसो २ बजे पुन: बस्ने जनाइएको छ ।










