देशभर थप १५७० मा कोरोना संक्रमण पुष्टि, एकैदिन ६१४६ जना निको हुदा १३ को मृत्यु
- माघ २४, २०७८
- 0
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४३७ सहित देशभर थप १५७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा १०२२ जना र ३४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ जना गरी १५७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाको काठमाडौमा ३५०, ललितपुरमा ५९ र भक्तपुरमा २८ जना गरी कुल ४३७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६१४६ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११८२७ पुगेको छ ।
सम्बन्धित शीर्षकहरु










