काँग्रेस प्रवक्तामा डा. महत नियुक्त

news-details

सत्तारुढ दल नेपाली काँग्रेसको पार्टी प्रवक्तामा डा प्रकाशशरण महत नियुक्त भएका छन ।

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले महतलाई पार्टी प्रवक्तामा नियुक्त गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

महत १४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्री पदमा उठे पनि पराजित भएका थिए।

त्यसपछि सभापति देउवाले उनलाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए। केन्द्रीय सदस्यमध्येबाट प्रवक्ता नियुक्त गर्ने प्रचलन छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया