चुनावपछि एमसीसी अघि बढाउन दाहालको प्रस्ताव, सत्तापक्षको सामूहिक धारणा बनोस-एमाले

news-details

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा राष्ट्रिय सहमति जुटाउने प्रयास गरेका छन ।

प्रधानमन्त्री देउवाले आइतबार सत्तारुढ प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टाभन्दा बढी छलफल गरेका छन ।

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अगाडि बढाउन सहयोग मागेकोमा माओवादी अध्यक्ष प्रचण्डले एमसीसी चुनाव पछाडि मात्र अगाडि बढाउन र प्रतिपक्षसमेत भएर प्रस्ताव गर्न आग्रह गरेका छन् ।

यस्तै बैठकमा सहभागी एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री प्रणालीमा सत्तारुढ पार्टीबीच फरक फरक धारणा आउनु राम्रो नभएको भन्दै एमसीसीमा सामूहिक धारणा बनाउन एमालेकोतर्फबाट सुझाव दिएको जानकारी दिए ।

पोखरेलले एमाले कुनै पनि विषयमा अनिर्णीत नहुने बताउँदै संसद सञ्चालन भएको अवस्थामा एमसीसीबारे पार्टी धारणा सार्वजनिक गर्ने जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री देउवा, अध्यक्ष ओली र दाहालसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव पोखरेल सहभागी भएका थिए ।

दोस्रोपटकको संसद विघटन सर्वोच्च अदालतले बदर गरेपछि सत्ताबाट बाहिरिएका अध्यक्ष ओली ७ महिनापछि बालुवाटार पुगेर शीर्ष नेताको बैठकमा सहभागिता जनाएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया